काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना संक्रमण मुक्त भएका छन् । बिहीवार सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेखेर कोइरालाले कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।
‘स्वाव परीक्षणमा मेरो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । चिकित्सकको सल्लाह बमोजिम अब केही दिन होम आइसोलेसनमै रहने र त्यसपश्चात पार्टीको नियमित काममा फर्कने छु,’ कोइरालाले लेखेका छन् ।
स्वास्थ्यमा समस्या आएपछि कोइराला केही दिनअघि राजधानीको ओम अस्पतालमा भर्ना भएर उपचार गराएका थिए । कोइरालालाई संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।




















