लक्ष्मी गौली
प्राय सबैजना आफ्नो पक्ष को कुरा मात्रै खोज गर्छन। त्यस्को नकारात्मकता लाई खासै ध्यान दिदैनन ,फाँसी को सजाय माग गर्ने हरु संभावित उत्पन्न परिस्थिति बाट अनबिज्ञ छन । संसार मा कतिपय घटना हरु यति क्रुर हुन्छन जस्को सजाय जति दिएपनी कम नै लाग्छ । ७ बर्स कि बालिका को बलात्कार ,सामुहिक हत्या जस्तो कि मुम्बई आक्रमण का आतंककारी हरु ,यस्ता हरुको सजाय को लागि एउटा अन्तिम सजाय हुनुपर्छ भन्ने माग सबै तिर छ तर विश्व मा आज पनि प्राय सबै देस हरुमा फासिको सजाय छैन यस्को पछाडि केही कारण त होला ।
किन फाँसी को सजाय उपयुक्त नहोला ?
• जब मानिस ले मान्छे को एउटा सास मात्र पनि बढी बनाउन सक्दैन भने,मान्छे मार्ने अधिकार सरकार लाई कसरी दिन सकिन्छ ? मान्छे को जीवन र मृत्यु प्राकृतिक हुन र यस्को जिम्मा पुर्ण रुप मा प्राकृति लाई हस्तान्तरण गरिनुपर्छ
• सजाय के को लागि दिइन्छ?पस्चाताप गराउन सुधार्न ? यदि त्यो ब्यक्तिको लागि सजाय पस्चाताप नै।हो भने त्यसैलाइ डोरिमा झुन्ड्याएपछी उस्को पस्चाताप गर्ने सुध्रने ठाउँ नै हुदैन ,यो मानवता बिरोधी कार्य भयो
• संसार भर केही मानिस जेल परेको कैयौ समय पछि छुट्छन ,यसरी निर्दोस मानिस जेल।परिरहदा यो कसरी ग्यारेन्टी दिन सकिन्छ कि निर्दोस मान्छे लाई।फाँसी हुदैन? यदि गल्तीबस निर्दोस ब्यक्ती लाई फासिको सजाय भयो भने उस्को निर्दोस सावित हुने संभावना सकिन्छ र यस्तो अदालत को कुनै नैतिकता रहदैन कि फेरि फेरि कसैलाइ सजाय सुनाओस,त्यसैले फासिको सजाय को बदला मा आजिवन कारवास हुनुपर्छ ताकी पछि निर्दोस सावित भएको अवस्थामा न्याय दिन बाटो नसकियोस
• के एउटा मानवअधिकार को रक्षा को निम्ति अर्को।मानवअधिकार को हनन गर्न सकिन्छ? बाच्न पाउने अधिकार त हामिलाइ संविधान ले दिएको छ ,त्यो भन्दा ठूलो संविधान प्रकृति ले पनि दिइएको छ ,कसरी एउटा अदालत प्रकृति नियम भन्दा अगाडि बढेर सजाय दिन सक्छ?
• फासिको सजाय एउटा पुरानो ब्यवस्था हो जस्को।प्रयोग जनता लाई दमन गर्न तर्साउन प्रयोग गरिन्थ्यो ,तर हामिलाइ अब थाहा भैसक्यो अपराधी मारेर अपराध सकिँदैन ,सभ्य र आधुनिक समाज मा फाँसी घृणित कार्य हो
•डाकु रत्नाकार लाई उस्को गल्ती को सजाय फाँसी।दिइएको भए ,आज रामयण हामी संग हुन्थ्यो होला?
• कतै फाँसी सुनियोजित रुप मा नागरिक हत्या गर्ने नितिगत तरिका त हैन ?
• यदि फासिले अपराधी लाई अपराधी हुन दिदैन भने,आजिवन कारवास ले पनि त्यति भुमिका त पक्कै।खेल्छ
• जति फाँसी दिइने देस हरु छन ,त्यहा भन्दा कम क्राइम रेट ती देस हरुमा छन जना फाँसी हुदैन ,हामी त्यहा बाट सिक्न सक्छौ फाँसी नदिइ।पनि।अपराध कसरी।कम गर्न।सकिन्छ
• डेनमार्क ,फ्रान्स,अस्ट्रेलिया जस्तो सभ्य समाज मा फाँसी नदिदा पनि क्राइम।रेट कम नै छ त
• पटक पटक बलात्कारि लाई फासिको सजाय को।कुरा उठिरहन्छ ,तर जुन घटना मा भिक्टिम आफै मृत छैन त्यस्मा पिडक लाई हत्या गर्नु न्यायोचित होला त?
•जुन देस मा रातो पान्डा मार्न प्रतिबन्ध छ ,त्यो देस मा मान्छे मार्ने त्यो पनि अदालत ले?
धेरै संघ संघठन एउटा बलात्कार को घटना अगाडि आउनासाथ बलात्कारि लाई फासिको सजाय दिउ भनेर अगाडि आउने गरेको पाइन्छ तर उनिहरु अपराधी हरुको मानसिकता लाई बुझ्न चहादैनन । अपराधी हरु मलाइ कम सजाय हुन्छ भनेर ढुक्क भएर अपराध गर्ने हैनन बरु अपराध गरेर पनि उन्मुक्ती पाउछु भनेर अपराध गर्ने हुन ।फासिको सजाय को नारा लाउनु भन्दा भएकै सजाय सबै अपराधी लाई दिलाउन सकियो र दन्डहिनता अन्त्य गरेर अपराध गरे कोहि छुट्दैन भनेर ग्यारेन्टी गर्न सकियो भने अपराध घट्नेछ ।




















