धनकुटा, १३ असोज ।धनकुटाका सक्रिय कोरोना संक्रमितको संख्या शुन्य भएको छ । आज धनकुटाको औद्योगिक ग्रामको आइशोलेसनमा उपचाररत २ जना कोरोना संक्रमित डिस्चार्ज भए सँगै संक्रमितको संख्या शुन्य भएको हो ।
उनीहरुमध्ये १ जनाको तेस्रो पटक र एक जनाको दोस्रो पटक स्वाब संकलन गरी प्रदेश जनश्वास्थ्य प्रगोगशाला विराटनगर पठाइएकोमा दुवैको रिपार्ट नेगेटिभि आएको हो । यता धनकुटा नगरपालीकाका क्वारेन्टाइनमा रहेका २ जनाको पनि रिपार्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभएको छ ।
धनकुटाका ४५ जना कोरोना संक्रमितले नै कोराना लाई पराजित गरी घर फर्किएका छन् । आज सम्म धनकुटाका २१ सय ६३ जनाको पिसिआर परीक्षण भएको छ । जसमा २१ सय १६ जनाको नेगेटिभ र ४५ जनाको रिपार्ट पाजेटिभ आएको हो । पोजेटिभ सबै उपचारपछि निको भइसकेका छन् । हाल धनकुटा जिल्ला शून्य कोरोना संक्रमित जिल्ला भएको छ ।




















