बिमला राया धनकुटा,
नेपाल टेलिकम धनकुटामा कार्यरत ३४ बर्षीय पुरुष एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँले आफै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब दिनुभएको थियो ।

जसमा आज रिपोर्ट पोजेटिभ आएको छ । विराटनगर घर भई उहाँ हाल धनकुटा नगरपालीका वडा नम्बर ६ मा बस्दै आउनु भएको छ । उहाँलाई धनकुटा औद्योगीक ग्रामको आइशोलेसनमा राखिएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभएको छ ।

यस अघि पनि टेलिकमका ४ जना कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । ४ जनाले नै कोरोनालाई परास्त गरी घर फर्किसकेका छन् । यस्तै गरि जिल्ला प्रशासन कार्यलय धनकुटाले सुचना जारी गर्दै आज राती १२ बजे बाट लागु हुने गरी नेपाल टेलिकम धनकुटाको कार्यलयलाई शिल गर्ने निर्णय गरेको छ ।

यता केशव श्रेष्ठ र रमेश पौडेलको घरबाट पुर्व,कोशि राजमार्गदेखि पश्चिम,माहालक्ष्मी होटल देखि उत्तर,सरस्वती चोकदेखि दक्षिण क्षेत्रमा अति आवश्यक बाहेक आवातजावतका लागी अर्को सुचना जारी नभएसम्मका प्रतिबन्ध लगाएको जिल्ला प्रशासन धनकुटाले जनाएको छ ।