काठमाडौं । एक भिडियोको कारण एक बलिउड अभिनेत्री पक्राउ परेकी छिन् । उनले सार्वजनिक रुपमा एक भिडियो बनाएको भन्दै गोवा प्रहरीले पक्राउ गरेको हो । जानकारी अनुसार पुनम पाण्डेलाई गोवामा भिडियो खिचेको भन्दै नियन्त्रणमा लिइएको हो ।
उनी हालसालै आफ्नो श्रीमानसँगै गोवाबाट फर्किएकी थिइन् । गोवा प्रहरीले निवेदनपछि सोधपुछ गर्यो, यसपछि उनलाई नियन्त्रणमा लिइएको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार पाण्डेको बिरुद्द प्रहरी चौकीमा निवेदन दर्ता गरेको थियो । पूनम पाण्डेको चापोलीमा खिचेको भिडियोलाई लिएर निवेदन दर्ता गरिएको हो ।



















