_____ कथा : तिलप्रसाद गुरागाई

पात्र परिचय
१ बाबु २ छोरी ३माझी ४पुरुषोत्तम ५ छोरीको प्रेमी मदन ६ मदनको साथी सुमन यी सबै पात्रहरुको भूमिका बराबर छ।सानोठूलो छैनन् ।छ्जना मध्येबाट एकजनालाई मात्र रोज्न पाइने छ कुनै एउटा गाउँमा बाबु र छोरी बस्थे ।बाबू परम्परा बादी थिए ।

बाबु बाजेले जेजे भनेका छन त्यहीत्यही मात्र गर्नुपर्छ भन्थे ।म जे भन्छु त्यही नै सत्य हो भन्थे ।छोरीलाई बाहिर कतैपनी जान दिदैनथे।बाबु त्यति बिघ्न कडा भएपनि छोरीले खोला पारीको मदनसंग प्रेम गरेकी थिइन् ।एकदिन मदनले आफ्नो जन्मोत्सवमा उनलाई निम्तो गर्‍यो ।जसरी पनि आउनुपर्छ भन्यो।त्यो दिनपनी आइपुग्यो।बेलुका छिट्टै बाबुलाई खाना खुवाइन।बाबु निदाएपछि बाटो लागिन। बाटोमा नाउ तर्नुपर्थ्यो।माझीले उनलाई चिनेको थियो ।मदनलाइ पनि चिनेको थियो ।प्रेम पनि थाहा थियो ।

नाउ तर्दा दुई रुपैया लाग्थ्यो तर अहिले सय घटीमा नतार्ने अडान लियो हुन्छ भनिन् ।पारी पुगेपछि पैसा छैन भनिन् ।माझीले ओडेको पछ्यौरा खोसेर लियो। अबको बाटोमा जङ्गल थियोे । उनले पुरुषोत्तमलाई चिनेकी थिइन् ।जंगल कटाई दिन सहयोग मागिन।हुन्छ भनेर पुरुषोत्तम पछिपछि लाग्यो।उनको प्रेमी मदनको आँगनमा पुगेपछि फनक्क फर्क्यो।केही मागेन केही गरेन ।मात्र भनेबमोजिम सहयोग गर्‍यो ।


त्यस बेलासम्ममा रातको बार्‍ह बजिसकेको थियोे ।भोज सकिएको थियो ।सबै पाहुना बिदा भैसकेका थिए ।मदन र सुमन मात्र बाँकी थिए ।मदनले उनका कुरा केहीपनि सुनेन ।एकोहोरो गाली मात्र गर्‍यो ।कुनै साहानुभुती देखाएन।खान पनि दिएन। सुमनले भन्यो -" हेर यिनी तँलाई भेट्न ठूलो जोखिम मोलेरआएकी हुन।तैले यस्तो ब्यवहार गर्नुहुन्न ।आखिर अलिकति मात्र त ढिलो भएको त हो नि!यस्तो दुर्व्यवहार गर्नुहुन्न भनेर सुमनले लाख सम्झायो "तर मदनले मानेन।उनी रुदै फर्किन। अब यी छजना मध्ये तपाईंलाई को एकजना मन पर्‍यो ।पहिला कापीमा नाम लेख्नुहोस।अनि मात्र तलतिर पढ्नु होस!!


तपाइले बाबुलाई रोज्नु भयोभने तपाईं परम्परा बादी र थोरै मात्रमा घमण्डी पनि हुनुहुन्छ ।बाबु बाजेले जेजे गरे त्यहीत्यही गर्नुपर्छ भन्नुहुन्छ ।समय परिस्थिति र वातावरण अनुसार बदलिन चाहानु हुन्न।परम्परा वादी सोच छ ।
छोरीलाई रोज्नु भयो भने तपाई प्रेममा बहकिनु हुन्छ ।प्रेमीका लागि दिनरात नभनी दौडनु हुन्छ।
तपाईहरु श्रीमान श्रीमती पक्कै पनि मिलेको हुनुपर्छ ।


माझीलाई रोज्नु भयोभने तपाइले मौकामा चौका हान्ने ब्यापारी हुनुपर्छ ।ठग्ने मौका पाउनु भयोभयो भने अरुको त कुरै छोडौ तपाईले बाबुलाई पनि छोडनु हुन्न। पुरुषोत्तमलाइ रोज्नु भयोभने तपाईं कर्तव्य निष्ट हुनुहुन्छ ।कसैलाई सहयोग गरे बापत कुनै आशा गर्नुहुन्न । सहयोग मागेपछि मात्रै गर्नुहुन्छ ।म सहयोग गर्छु भनेर सहयोग नमागीकन अघि पनि सर्नुहुन्न।सहयोग मागेपछि सहयोग गर्नुहुन्छ ।इमानदार पूर्वक।


मदनलाइ रोज्नु भयोभने तपाई एक नम्बरको निर्दयी र घमण्डी हुनुहुन्छ ।तपाईलाई कसैलेपनि मन पराउँदैनन। नाकमा झिगो बस्न हुदैन रिसाइ हाल्नुहुन्छ।तपाईबाट कसैको पनि भलो हुँदैन । सुमनलाई रोज्नु भयोभने तपाई सबैको भलो चाहानुहुन्छ।कसैको कुभलो गर्नु त परैजावस मनले पनि सम्झन सक्नुहुन्न ।तपाईलाई गाउँ घरमा सबैले मन पराउँछन।सुखमा तपाईलाई नसम्झे पनि दुखमा सारै सम्झन्छन् ।

तपाईंको आफ्नो जीवनसंग मिल्यो कि मिलेन??
यसलाई रोजे भन्नू पर्दैन ।मिल्यो कि मिलेन भन्दा पुग्छ।टिप्पणी गर्न नभूल्नु होला।
यो कथा २०६५सालमा श्री सु मा विद्यालय सुन्दरहरैचा १० का शि श्री हिक्मत बहादुर बस्नेतले तालिमको सिलसिलामा सुनाउनु भएको थियोे ।