दुर्गादत्त पौडेल
यो हाम्रो देशमा जनताले अझ एकपटक गलत कर्मचारि प्रसाशक दलाली सिङ्गो देशकाशासकहरुको बिरुद्ध धावा नबोल्नेहो भने सबै जनताले समानरुपमा पाउने कानुनि अवधारणा नआउने हो भने / देश सिमीत मानिस हरुको झुण्डहरुले तहस नहस खोक्रो बनाउने छन ।

देशमा अहिले सबै साना ठुला राजनितीकहरु पार्टीहरु भित्रको खिचतानि , गुठगतका स्वार्थ , तिनै झुण्ड झुण्ड समूह बिचको सघर्ष ,एकले अर्को बिरुद्ध प्रयोग गर्ने भाषाशैलि , सबैदलमा माथिदेखी तलैसम्मैमका स्थानिय सम्म बहुमत र अल्पमतको खेलमा एक अर्कोप्रति छडके हेराई गुटगतका गन्ध ०६२ / ०६३ को आन्दोलन दशबर्षको युद्धमाजनताका छोरा छोरीको शाहादत / त्यहा सम्म नेता कार्यकर्ताको त्याग बलिदान सामाजिक भावना आज स्वाहा हुदैछ ।
जनताकै प्रतिनिधिहरुले जनताका लागि भनेर बनाएका कानुनका ( र , तर , अनि , कसरी ) भन्दै जन्तालाई अझ तर्साएर खाना पल्लकेका केही सिमीत कर्मचारी झुण्डहरु जनताकै कर पसिनाले पालिएका ती केही झुण्डहरु सिधा जनताप्रति उनिहरुको हेराई वचन यति तुक्ष्छ हुन्छन र वर्णनगरि साध्य रहदैन देशभरिका केही नगरपालीका वडा हरुले जनतालाई भैंसी र कुखुरा बेच्दापनि लगाएका कर ति करबाट उनिहरुकै सेवा सुबिधा तडक भडक / जनताले कर उनिहरु को आय श्रोतबाट तिर्नेहो तर यहाँ ऋणलिएर करतिर्ने परेको जनताबाध्य बिवसछन ।
समुदायका नाममा सिमीत मानिसहरुकै हालीमुहाली उनिहरुबाटै राज्यको दोहान / सस्थालाई नाफाहैन चौपटपारेर फरार / समुदायलाई सेवा सहुलियत का लागि दिईएका बनाईदिएका सम्रचनाहरु लाई अलपत्र / सामुदायिक बनजङ्रगल सरकारी जग्गा जमिन सिमीत मानिसहरुकै झुण्डले उराठ क्यापचर ,सिधापैसा तिर्नेपर्नेतिर जनतालाई बाध्यता / दलाली र कमर्चारीहरुको टकरावमा जनता, सेवाग्राहिलाई दिईने दु:ख हजारौ हजार तलव भत्ताखाएर बसेका कर्मचारिका कार्यलय देख्नुभो भने फोहोर र माकुराका जालले धेरेको वरिपरि कागजै कागजको चाङ त्यस भित्रको घुम्निकुर्चिमा बसेर रिगेको नाटक / सरसफाई प्रति उनिहरुकै अनदेखाई / बल्ल बल्ल जनताले सकि नसकि जनता कार्यलयका लाईनहुन्छन तर दलालीहरु उनिहरु कर्मचारिकै आफन्त बनेर भित्रीझ्यालबाट अरुकै सहि छाप लगाउन ठिक्कै हुन्छन |
जनताले त्यहा प्रश्न गरेर हेरेर तपाईको यहाँ मिस्टेक छ, उ त्यता गएर सच्याएर आउनु होस बिचार जनताको फाईल बल्ल बल्ल टेवुलमा पुग्दा उनिहरुलाई आउने चियाको चुस्कानको आवज / अनि लगतैखाजा समय अनि मानिस हेरेर गरिने आलटाल / लगत्तै आफै महान बनेर लौ मलाई मन्त्रालयबाट फोन आयो भन्दै गरिने उनिहरुका नाटकहरु अचाक्लिछ | जनतालाई सेवा सुबिधा बाढन आफ्ना पैसामा हैन बिदेशी सस्थाहरुले दिएको राहत बितरणमा देखिनेभिड / ईमानदार कर्मचारिहरुलाई पुरना बनेर बसेका पिउन र दलालीहरुकै रवाफ फराकफुरुकको चर्तिकला / यस्तै पारामा यसदेश अगाडि बढन सक्दैन / यसन प्ररकारका बेथिती दलालीपन अघोषित भ्रष्टाचारको रवाफको बिरुद्ध जनता जाग्नुहोस / तपाईका भाइ, छोरा बिदेशमा गएर कमाएको धन / बिदेशीहरुले दिएको सहयोग / तपाईहरुकै करको हिसाब कितब खोज्न जागरुक बन्नुहोस /नियम कानुन टाठाबाठालाई छैन |
मात्र सिधा साधा गरिबलाई कानुन देखाएर तर्शाउन र पैसा असुल्न बसेकाहरुका बिरुद्ध आम नागरिक सचेत बन्दै सबै प्ररकारका गलत बेथितीका बिरुद्ध जागरुकबनौ बनाउ के कम्युनिस्ट के काग्रेस के अरु राष्ट्रबादी के सघियता बिरोधि के समर्थक धेरै मानिसहरुकै नेता कार्यकर्ता भनाउदा अरु कसरि कमाउन लुट गर्न सकिन्छन भन्ने मै ब्यास्त छन / बाहिर क्रान्तिकारी भित्र कमाउनिती बाहिर रहुन्जेल ओभाना समुहभित्र पसि सकेपछि स्वर्गसरि तिनीहरुको दिन चरिया बनिरहेकै छ जनतालाई कहिले सडकबिभाग त कहिले बिधुतु प्राधिकरण त कहिले खानेपानि सस्थाले दिने दुख यिनीहरुका रवाफ यिनी हरुका अनेकतामा जनताको मिचाईको त कुरैछाडौ // हुनत अहिले उनिहरु यस संसारनै कमाउको संसार देखि रहेकाछन र आफु रमाउनको सिद्धान्तमा टेकि रहेकाछन / जनताले एकदिन बुझदैजादा यिनीहरुका सन्तती सम्मकै जनता र कानुनको निगरानिले एकदिन उनीहरुको कुन्डली बाहिर ल्याउनेनै छन / यसर्थ जनता सचेत बनौ काहा काहा के गर्देछन हेर्देगरौ / तमामखाले दलाली भ्रष्टाचारी राजनीतिक आबरणका खेलाडीहरुलाई समयमै जनताले चिनी राख्नुनै पर्दछ र विश्वका ईतिहास र हाम्रो देशका शासकहरु बिरुद्ध जनता उत्रेर जसरि उनीहरुको ईतिहास सन्ताननै नामेट पारेका छन एकदिन त्यसदिनको लागि जमिन तयार गर्न पर्दछ / यसर्थ जनताको चेतना स्तरलाई जति हामी प्रशिक्षण बनाउदै लैजान सक्दछौ उति चाडै ती तमाम बिथिती दलाली भ्रष्टलाई किनारा लगाउदै समतामुलक समाजको निर्माण गर्न सक्नेछौ र देश सिस्टम र पारदर्शीमा अगाडि बढनेछ यसर्थ समाजका असल मानिस सामाजिक अभियान्त सहि नेता कार्यकर्ताहरु समाज रुपान्तरणमा लागौ तब मात्र देशले काचुलि फेर्नेछ । यस दिशा तर्फ अगाडि बढौ समाजका गलतको बिरुद्ध आ आफ्नो ठाउबाट डटौ ब्यस्वस्था परिवर्तन भएपनि सस्कार परिवर्तन भएन , मानिस फेरीए तर सोच चिन्तन सामाजिक उत्तर दायित्व फेरिएका पाईएन / यसअर्थ सबै परिवर्तन सोच सहित नेपाल र नेपालीलाई मन मुटुमा राखेर अगाडि बढी एकदिन बिजयको मन्जिलमै पुग्नेछौ ।
चितवन कालीका दुई!!




















