नागिबिक्रम चन्द

राजनिति आफैमा कुनैपनि देश र उक्त देशका जनताकाे सेवा का लागि गरिने एक समाजिक कर्म र कर्तव्य हाे । जाे निश्पक्ष तरिकाले उत्पिडन ,असाय र गरिब निमुखा जनता जाे अन्याय, अत्याचार शाेसन दमनमा परेका बर्ग लाई न्यायिक पथमा रहेर उक्त बर्गकाे उत्थान गर्नु साथै धनी पुँजीपति बर्गलाई शन्तुलण मिलाएर राख्ने कडिलाई अर्काे अर्थमा राजनीति मान्न सकिन्छ।


तर बिड्मबना १२ बुँदे सम्झौता हुँदै देश र जनतालाई बन्धक बनाई घर झगडालाई अन्तर्राष्ट्रिय करण गर्दै राजनैतिक प्रतिसाेध बाेकि सत्ता र भत्ताकाे लागि घरमुलिलाई चिन्न नसकि आफ्नालाई पराए र शत्रु देखि पराएलाई अँङ्गाल्दाकाे परिणाम आखिर के हुँदाे रहेछ भन्ने कुरा त साएद याे देश र जनताकाे भाग्य लेख्छाै भनेर कुर्लि कुर्लि र उफ्रि उफ्रि भाषण गर्दै देश लाई सिङ्गापुर र स्विज्रल्याण्ड बनाउछु भन्नेले पक्कै बुझे हाेलान् ।


६३ पछि ले १५ बर्ष लगभग र बिभिन्न अकल्पनीय दुर्घटना र राजनैतिक परिस्थिति काे कारणले त्तकालिन दल र नेताहरुकाे कम्जाेरिका कारण बिदेशी शक्तिकेन्द्र काे राेड म्याप अनुसारनै जसरि १२ बँदे हुँदै मत्ताएर आएका राजनैतिक दल र ती दल का नेताहरुले आफ्नाे ईतिहास भुल्दै देशकै ईतिहास मेटाउने जुन कु कर्म केन्द्रीत भए साएद उक्त कुकर्म गर्ने र गराउनेलाई साएद याे देशकाे माटाे र नेपाल आमाले कहिल्यै क्षमा गर्नु हुने छैन् ।

संबिधान सभा र संबिधानकाे नाटक मन्चन रचिए संगै समानुपातिक र समाबेशिका नाममा अधिकार जमाउन आएका ६०१ रुपि बिषिय तत्व मध्येका त्तकालिन सभामुक १ काे हात मा रहेकाे राजनैतिक सहमति बिपरित दस्ताबेज पढि ६०० जनाले हाँसो ले गद्य गद्य हुँदै राेस्टम ठटाएर जसरि तालि काे भरमा जनतालाई एक बचन नसाेधि गर्बका साथ ०६५ - जेठ १५ गते मध्ये राती नेपाल लाई संघिय लाेकतान्त्रिक गणतन्त्र घाेषना गर्नु नै देश र जनताकाे लागि घातक थियाे भन्ने कुरा अहिले १२ बर्ष यता दुई दुईवटा संविधान सभा र ०७२ रुपि संविधान ले खर्चिएकाे देश र जनताकाे पसिना बाट आर्जित खर्बाैं रकम जाे ३ कराेड हामी जनताकाे हात हात मा मात्र राख्दिएकाे भए र यस्लाई बिकाश कार्यमा खर्चिएकाे भए साएद याे १२ बर्षमा सबै हामी जनता लखपति हुन्थ्याैं ।


हुनत कुनैपनि ब्यबस्था आफैमा नराम्रा छैनन् । चाहे गणतन्त्र हाेस या राजतन्त्र । एकै अबस्थामा यदि शासन सत्ता संचालन गर्ने शक्ति देश र जनता केन्द्रीत भएनन् भने। ब्यबस्था प्रतिकाे भक्ति ले मात्र जनताकाे जिबन स्तरमा परिवर्तन ल्याउन सकेनन् भने त्यस्काे कुनै तुक रहदैन । जस्काे कारण जनता सधै अबस्थाकाे दास बन्न चाँहदैनन् र ब्यबस्था परिवर्तन गर्नपनि पछि पर्दैनन् । जस्काे ज्वलन्त उदाहरण हाे अहिले बिगत १२ बर्ष पछि भ्रमीत गणतन्त्र काे प्रष्ट रुप हामी जनताले भाेगिसकेका छौं र देखिसकेका छौं । यस्मा यहाँ काेहि कतै झुक्किनु पर्ने र याे ब्यबस्था प्रती गर्ब गर्नु पर्ने कुनै कारण रहेन।


स्वयम हिजाे गणतन्त्र काे सपना बाेकाउने र बाेक्नेहरु पनि प्रष्ट भईसकेकाे अबस्था छ । ता कि बास्तबिक परिवर्तन का लागि संघर्ष गरेका र लडेका दाजुभाईहरु आज बर्तमान समयमा कुन र कस्ताे परिस्थिति बाट गुर्जिराख्नु भाकाेछ र कुन परिस्थिति काे सामना गर्दैहुनुहुन्छ ताे कुरा जग जाहेर नै छ । हाे देश परिवर्तन काे सपना बाेक्नु आफैमा नराम्रो कुरा हाेईन किनकि समय परिवर्तनशिल छ र देशका जग युबाहरु परिवर्तनका सम्बाहक हुन । तर परिवर्तन काे नाउँमा अराजनैतिक साेच बाेकेका नेताहरुले हरेक परिवर्तन काे नाउँमा स्वार्थ र आफु अनुकुल र अपरिपक्व राजनीति गर्नु हुदैनथ्यो । कि त शहि मानेमा देश र जनतालाई एउटा दिशानिर्देश गर्नसक्नुपर्थाे ।


नेता त्याे हाे जस्ले देश बिकास र जनताकाे जीवन परिवर्तन गर्नकाे निमित्त देशकाे राजनीति लाई शन्तुलित गर्दै छिमेकी देश तथा अन्ने देशहरु संग शन्तुलित ब्याबाहार संगै कुटनैतिक सम्बन्ध काएम राख्दै बिदेशि श्वार्थ लाई ब्यवास्था गर्दै देश अनुकुल र जनताकाे जिबन स्थर अनुकुल बनाउनकाे निमित्त अाफु बलिदानि दिएरपनि देशलाई जिबित राख्दै एक स्वाधिन सम्बृद्ध र आत्मनिर्भर देशकाे रुपमा स्थापित गर्न सक्नुपर्दछ ।
तर बिडम्बना हाम्रा देश नेताहरु चाहिँ बिदेशि शक्तिकेन्द्र द्वारा राजनैतिक प्रतिशाेध बाेकि देशभित्रकाे अान्तरिक समस्या लाई बिदेशि शक्तिकेन्द्रहरुकाे आफुखुसि उनिहरुकाे पाेल्टामा राखि देश र जनता लाई सधै बन्धक राख्ने काम मात्र गरेकाे हामी सबैलाई जग जाहिरनै छ ।


तसर्थ कुनै श्वार्थ भन्दा माथि उठि बर्तमान देशकाे राजनैतिक परिस्थिति देश र जनताकाे अबस्था साथै ०७२ संविधान ले सृजित गरेकाे अहिलेका अनेकन समस्या जस्मा अनेकन बिदेशि शक्तिकेन्द्र हरुले नेपाल भुमिलाई बिश्व शक्ति सन्तुलणकाे केन्द्र बनाउने उदेश्यले गरिएकाे राजनैतिक प्रयाेग - शाला काे रुपमा स्थापित हुँदै गरेकाे हामी सबैलाई घामझै छर्लङ्ग भईसकेकाे छ । चिन्ता, चासाे र जिम्मेवारिमा परेकाे बिषय के भन्देखिन् राजनैतिक पार्टी र जिम्मेवार नेताहरुकाे अकर्मण्यता ,अदुरदर्शिता र कायरताकाे कारणले देशै नरहने हाेकि भन्ने लग्भग निश्चित जस्तै दिखिएकाे छ ।

यसाे हुँदाहुदै पनि राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु किन तै चुप मै चुप जबकि एउटा कुरा के प्रष्ट हाे भने जसरि ६२/६३ कथित आन्दाेलकाे नाममा परिवर्तन गर्छौं भनिएता पनि संविधान काे खेलमा परेका हाम्रा नेता तथा राजनैतिक पार्टिहरु काे हार संगै ४ बर्षकाे अनेकण खिचातानिका कारण संविधानसभा भङ्ग गराईए संगै जसरि दोस्रो संविधानसभा रचेर न्यायलयलाई अगाडि सारेसंगै सम्पूर्ण पार्टी र नेताहरु राजनैतिक रुपमा असफल भईसकेकाे कुरा भन्न हिच्किचाउनु पर्ने खास तेस्ताे कारण छैन ।

तसर्थ जसरि खिलराज रेग्मी द्वारा पृष्टपाेषित दोस्रो संविधानसभा ले स्वरुप पाएसंगै संविधान ०७२ जारि भए यताकै देश र हामी जनताहरु समस्या माथि समस्या साथै देशै नरहने स्थितिमा हामी पुगेकाछौं । ताे हाम्रो गाैरबमय ईतिहास र बिश्वमा शिर ठाडाे पारेर संसारभरि नेपाली भनेर गर्बका साथ छाति चाैडा पारेर हिडेकाे इतिहास सायद अहिले हामिले बिर्सेका छौं ।

इतिहाँसलाई काेइ कसैले मेटाउन खाेज्छ- न् भने आफैमा मेटिएर जानेछन् । इतिहासकाे सम्मान हामी सबैले गराैं । साथै सबै शक्ति एकजुट हाैं । तन्त्र , बाद , सिद्धान्त , बिचार , र पार्टी भन्दा माथि राष्ट्र बाेकौं । समय संगै जनताले फैसला गर्नेछन् शासकिय स्वरुप कस्ताे र के रहने भन्ने बिषयमा ।
जय गाेरखकालि ।।।