काठमाडौं, ४ पुस । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उपराष्ट्रपति पेन्सले प्रत्यक्ष टीभी कार्यक्रममार्फत् कोभिड–१९ विरुद्धको खोप लिएका हुन् ।

दर्शक र चिकित्सक सामुन्ने खोप लिँदै उनले, आफूले कुनै खालको अनौठो अनुभव नगरेको बताएका छन् । अमेरिकी जनताबीचमा खोपप्रतिको विश्वसनीयता जगाउनुका साथै सुरक्षा र कार्यकुशलता देखाउनु यसको उद्देश्य रहेको जनाइएको छ ।

पेन्सीकी श्रीमती जो सर्जन पनि हुन् जेरोमी अदाम, उनले पनि खोप लिएकी छिन् । अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्ध फाइजरको खोप लगाउन थालिएको हो । अमेरिकाले मोडेर्ना कम्पनीको खोप पनि प्रयोगकालागि अनुमति दिएको छ ।

खोप ९५ प्रतिशत सुरक्षित रहेको जनाइएको छ । अमेरिकामा तीन लाख १० हजारभन्दा बढी कोरोनाका कारण मृत्यु हुँदा एक करोड ७० लाख भन्दा बढी व्यक्ति संक्रिमत भएका छन् । एजेन्सी