पथरी शनिश्चरे, २३ पुस । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखामार्फत घरपालुवा कुकुर र विरालोका लागि रेविज विरुद्ध खोप लगाउने कार्यक्रम आज वडा नम्वर १ र १० मा सञ्चालन भएको छ ।
पथरी शनिश्चरेलाई रेविजमुक्त नगर बनाउने लक्ष्य सहित थालिएको खोप अभियानमा आज दोस्रो दिन ५४ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको पशुपंक्षी शाखाका प्राविधिक पर्वत साहले जनाउनु भयो ।
१० नम्बरमा कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्यले र १ नम्बरमा पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले कुकुर धनीलाई खोपको कार्ड वितरण गर्नुभयो ।
हिजो पहिलो दिन वडा नम्वर ४ र ९ मा गरी ६२ वटा कुकुर र ४ वटा विरालोलाई खोप लगाइएको थियो ।
भोली २४ गते २ र ३, २६ गते ५ र ६, २७ गते ७ र ८ नम्वर वडामा खोप लगाउने कार्यक्रम छ । खोप लगाउने कार्य वडा कार्यालयको प्रांगणमा सञ्चालन गरिने छ ।





















