मोरङ । मोरङ पथरी शनिश्चरे–२ स्थित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ भएको कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको संस्थाको अध्यक्ष अमिर राईले बताए । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा भएको हो ।





















