छालमा हुने एक विशेष प्रकारको तैलिय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ उत्पादन गर्छ र छालालाइ प्राकृतिक रुपमै कोमल राख्न सहयोग गर्छ ।
युवा अवस्थामा हार्मोनमा हुने असन्तुलन ले छालामा हुने तैलिय ग्रन्थिलाइ उत्तेजित पारिदिन्छ ।जसलाई बढी प्रभाव पार्छ ,उसैलाई बढी डन्डिफोरले सताउछ । प्रभाव स्वरुप सामन्य दागधब्बा जस्तो देखिन थाल्छ ।साथसाथै धेरै चिल्लोको कारण रौहरुको छिद्र पनि चौडाहुन थाल्दछन ।

बिस्तारै दाग गाढा हुन थाल्छन ।यस्ले छिद्र बन्द गरिदिएपछि छिद्रकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ ।यसलाई ' व्हाइट हेड' भनिन्छ  व्हाइट हेड हावाको सम्पर्कमा गएर अक्सिजन संग संसर्ग हुदा कालो हुन थाल्छ। यसले आसपासको छालाको तन्तुमा बिकार उत्पन्न गरेर पीडा पैदा गर्छ । यहिभागमा बिस्तारै डन्डिफोर  बन्छ ।

डन्डिफोर आउने कारण
-हार्मोनमा परिवर्तन खराबी
-अनियमित महिनावारी ।
-  खराब खानपिन
-  तनाव र अनिद्रा
 - उत्तेजना क्रोध र भय
 -शरीरको फोहोर पसिनाका माध्यमबाट छालाहुदै बाहिरिनु।
  -लामो समय सम्म कब्जियत ।

यस्तो उपाय गरे राम्रो
* अनुहार हरेक पटक सफा राख्ने ,किन भने धुलो जमेर छालाको छिद्रामा  निम्तिन नपाओस ।
*सादा पानीले दिनमा ५,६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ डन्डिफोर देखिहाल्नुहुदैन निचोरिहाल्ने धेरैको       बानी  हुन्छ यस्तो काम एकदम गलत हो ।
*डन्डिफोर न छुनुनी नै ठिक हुन्छ ।
* निम,घ्युकुमारीजस्ता फेसप्याकले अनुहार धुदा डंडीफोर चाडो निको हुन्छ र थप आउन पनि रोक्छ ।
*राती सुत्नु अघि गुलाबजल र चंदन को पेस्ट बनाएर अनुहारमा लगाउने र केहिबेरमा चिसोपानीले पखाल्नाले     डंडीफोरमा राहत मिल्छ ।