पुरुषहरूको तालु खुइलिनु एउटा मुख्य समस्या हो । तालु कसरी के कारणले खुइलिन्छ भन्ने कुरा हामीले चर्चा गर्दैछौ ।

धूम्रपान : धूम्रपान वा चुरोट सेवन गर्ने पुरुषहरुलाइ त्यसमा हुने निकोटिनको कारण रक्तनलिहरु खुम्चिन थाल्दछ ।जसले शरीरमा अक्सिजनको मात्रा समेत घटाउ छ र यसले कपाल झर्न मद्धत पुर्‍याछ ।

अत्यधिक रक्सी सेवन : बढी रक्सी सेवन गर्ने मानिसको शरीरमा टक्सीन बढ्छ ।आइरन,जिंक पनीको मात्रा भने कमि हुन्छ।यस्तो अवस्थामा कपाल झर्न थाल्छ ।

हर्मोन समस्या : पुरुषहरूको कपाल झर्नुको अर्को साझा कारण एन्ट्रोजेनिक एलोपिका हो ।शरीरमा डिएचटी हर्मोनको ब्यालेन्स बिग्रदा यस्तो समस्या हुन्छ ।

बंशाणुगत कारण : पुरुषहरूको कपाल झर्नुको अर्को कारण बंशाणुगत पनि भएको मानिन्छ । यदि तपाईंको परिवारमा पुरुषहरूको कपाल झर्ने समस्या छ भने यस्तो समस्या तपाइमा पनि हुनसक्छ ।

सरायनयुक्त पदार्थको प्रयोग : पुरुषहरूको कपाल झर्नुको अर्को कारण हरेक किसिमका हेयर जेल,कलर्स , शेम्फु ,कन्डिसनर,जस्ता पदार्थको प्रयोग गर्दा हुने साइड इफेक्टको कारण पनि कपाल झर्न थाल्छ । ती पदार्थमा कतिपयलाई सहन गर्न नसक्ने हानिकारक पदार्थ समेत मिलेको हुनसक्छ ।

तनाव : तनाव बढ्दापनी पुरुषहरूको कपाल झर्न सक्छ । तनाव बढ्दा शरीरको हार्मोन्सको ब्यालेन्स बिग्रीन्छ । यसले कपाल झर्ने समस्या ल्याउन सक्छ ।

अस्वस्थ खानपिन : अस्वस्थ खानपिन हो । खानामा सहिमात्रमा पोषण नपुग्दा शरीरमा आइरन , भिटामिन ए,प्रोटिन ,जिंक,क्याल्सियम जस्ता पौस्टिक तत्वको कमि हुन्छ ।यसले कपाल झार्न मद्धत गर्छ ।

छालामा संक्रमण : टाउकोमा फंगल इन्फेक्सन भयो अथवा चायापर्ने समस्या देखियो भने पनि त्यसले तिब्रगतिमा कपाल झार्न सक्छ ।

औषधिको असर : क्यान्सर ,मुटु,उच्चरक्तचाप ,डिप्रेशन,मधुमेह जस्ता रोगको औषधि सेवनगर्ने कतिपयलाइ औषधिको असर देखिन्छ र कपाल झर्न थाल्छ ।