पथरी शनिश्चरे, १० चैत । मोरङको पथरी शनिश्चरे नगरमा चैत २० गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन नगरका स्वास्थ्यकर्मीहरुका लागि २ दिने तालिम आज सम्पन्न भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखामार्फत स्वास्थ्य कर्मचारी एकराज खत्रीले नगर अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरुका लागि तालिमको सहजिकरण गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला र जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले घर घरमा गएर सक्रियतापूर्वक हात्तीपाइले विरुद्धको औषधि सेवन गराउन स्वास्थ्यकर्मीलाई जानकारी गराउनु भयो । साथै उहाँहरुले नगरवासीले औषधि सेवन गरेर हात्तीपाइले रोगबाट बच्न अनुरोध गर्नुभयो ।
चैत १९ गते नगरमा औषधि खाएर अभियानको उद्घाटन् गरी २० गतेबाट स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकामार्फत वडा वडाका घर घरमा औषधि सेवन गराउने कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन सहित हात्तीपाइले र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराइएको छ ।
गर्भवती, ओछ्यान परेका विरामी, २ वर्ष मुनीका बालबालिकाले बाहेक अन्य सवैले औषधि सेवन गर्न हुने जनाइएको छ ।




















