काठमाडौं, ३१ चैत । लायन्स क्लबले रामेछापका बिद्यालयहरुमा ब्याग बितण गरेको छ । सोमबार रामेछाप जिल्लाको दुर्गम क्षेत्रका श्री जनसकृय आधारभूत बिध्यालय ,श्री जनता आधारभूत बिद्यालय श्री हरिशिद्धी आधारभूत बिद्यालय लगायतका बिद्यालयहरुका बिधार्थी कक्षा १ देखि ५ सम्मका २३६ जना आर्थिक अवस्था कमजोर भएका भएका जेहेन्दार विद्यार्थीहरुलाई चैत्र २८ र २९ गते ब्याग तथा स्टेसनरी सामाग्रीहरु बितरण गरेको हो ।

लायन्स क्लब अफ काठमाडौं महिमा र लायन्स क्लब अफ काठमाडौं फेलोशिप,नेपाल तामाङ गान्वा गान्शुम मिठिम र बि.बि. क्याटरिङ एन्ड रेन्टल सर्बिस प्रा लि को संयुक्त आयोजनामा ब्याग तथा स्टेसनरी सामाग्रीहरु बितरण गरीएको लायन्स क्लबका सहसचिव दाताराम कार्कीले जानकारी दिए ।

उक्त कार्यक्रममा बिभिन्न बिधालय क्षेत्र भित्रका स्थानिय समाजसेवि,जनप्रतिनिधि,अभिभावक,शिक्षक, शिक्षिका,कर्मचारी , विद्यार्थीहरुको उत्साह जनक उपस्थिति रहेको थियो । बिद्यालयको तर्फबाट बिभिन्न कार्यक्रमको आयोजनागरि विद्यार्थीहरुद्वारा मनोरञ्जनात्मक नृत्यहरु समेत उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा महिमा कल्बका अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्य, वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङ,उपाध्यक्ष बाबुकाजी महर्जन , मार्केटिङ चेयरपर्सन पुर्षाेत्तम तिमल्सिना,सदस्य डम्बर सुनुवार(कमल), हिमगंगा समाजका अध्यक्ष भक्तराज थापा, चन्दकला सेवा समाजका अध्यक्ष काजिमान मगर, तामाङ गान्वा गान्सुम मिठिमकाे प्रमुख सल्लाहकार राजकुमार तामाङ, बिद्यालयका प्र.अ. निशा योगि. श्यामकुमार सुनुवार लगायतको आतिथ्य रहेको थियो ।
बिधालयहरुको तर्फबाट क्लबलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो भने सम्मान गहण गर्दै प्रमुख अतिथी आचार्यले आफ्नो मन्तव्यको क्रममा आगामी दिनहरु मा विद्यार्थीको ब्याक्तित्व बिकासको निमित्त विभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना गरि क्लबले सहयोग गर्दै अघि बढ्ने बताए ।




















