मोरङ ,३० बैशाख । प्रदेश १ मा बुधबार ९ सय ९३ संक्रमित थपिएका छन् । १ हजार ९ सय ५९ जनाको कोरोना परीक्षणगर्दा ४०७ महिला र ५८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार यो संख्या प्रदेश १ मा दैनिक संक्रमणको अहिलेसम्मकै उच्च संख्या हो ।
बुधबार मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र संखुवासभामा ३२–३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र तेह्रथुममा ६–६, पाँचथर, खोटाङ–१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १३९ महिला र १८३ पुरुष सहित ३२२ संक्रमित भएका छन् । सुन्दरहरैंचामा ४०, पथरीशनिश्चरेमा १७, उर्लाबारी र बुढीगंगामा ११–११, कटहरीमा १०, जहदामा ७, धनपालथान र रंगेलीमा ५–५, रतुवामाईमा ४, बेलबारी र ग्रामथानमा ३–३, मिक्लाजुङमा २, केराबारी र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना पुष्टि भएको छ ।
सुनसरीको धरानमा ५७, इटहरीमा ३१, इनरुवामा ३०, दुहवीमा १२, बर्जु र बराहक्षेत्रमा ९–९, गढीमा ५, रामधुनीमा २, देवानगञ्ज र हरिनगरमा १, स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको जनाइएको छ ।
झापाको दमकमा ८०, भद्रपुरमा ५६, विर्तामोडमा ३६, मेचीनगरमा १२, गौरादहमा ११, कमल गाउँपालिकामा ९, झापा गाउँपालिकामा ५, कचनकवलमा ४, बुद्धशान्ति र अर्जुनधारामा ३–३, स्थानीय तह नखुलेका ८, शिवसताक्षी र बाह्रदशीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भोजपुरको षडानन्दमा ३२, संखुवासभाको खाँदबारी र चैनपुरमा १५–१५, मादी र मकालुमा १–१, ताप्लेजुङको मेरिङदेन १२, फक्ताङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ११, चौदण्डीगढीमा २, इलामको इलाम नगरपालिका र माईमा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका २–२ जनामा कोरोना पुष्टि भएको हो ।
धनकुटाको महालक्ष्मीमा ३, धनकुटा नगरपालिकामा २, छथरमा १, ते¥हथुमको आठराईमा ५ र स्थानीय तह नखुलेका १, पाँचथरको फिदिम र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४० हजार ८१७ पुगेको छ । संक्रमित भएकामध्ये हालसम्म ३० हजार ४७० संक्रमणमुक्त भएका छन् ।
बुधबार मात्रै ११० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ९ हजार ७४७ पुगेको छ ।




















