गर्मी मौसममा प्राय सबै मानिसलाई चिसो पानीले नुहाउन मन पर्छ ।यसले शरीरलाइ शीतलता प्रदान गर्नुको साथै शरीर सफा राख्नमा मद्धत गर्छ । यतिमात्र नभइ चिसो पानीले नुहाउदा मस्तिष्कलाई ठन्डा बनाउछ। यसका अलवा चिसो पानीले हुने फाइदाहरु यसप्रकार छ्न ।

१. चिसो पानीले नुहाउदा शरीरमा रहेको युरिक एसिडलाइ चलायमान बनाउनुका साथै विभिन्न चोटपटक लागेका दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्धत गर्छ।

२.चिसो पानीले नुहाउदा पुरुषको प्रजनन क्षमतामा वृद्धि ल्याउनमा मद्धत गर्छ ।

३. चिसो पानीले नुहाउदा शरीरमाआनन्द आउनुका साथै यसले शरीरमा रक्टसञ्चार प्रक्रियालाई प्रभाकारी बनाउछ ।

४. यसले शरीरमा रोगसंग लड्ने क्षमता अर्थात रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ।

५. चिसो पानीले नुहाउदा शरीरमाआफैं तापको मात्रामा वृद्धि हुन्छ जसले पाचन प्रक्रियालाई मजबुत  बनाउदछ ।
६. यदि तपाई ब्यस्त भइ थकित महसुस गर्नु भएको छ भने चिसो पानीले नुहाउनुस यसले तपाईंको थकान कम गर्नुका साथै शरिरलाई फ़ुर्तिलो बनाउछ ।