लेटाङ, ३१ बैशाख । लेटाङ नगरपालिकाले लेटाङ क्याम्पसमा स्थापना गरेको कोभिड अस्पतालमा बिरामिको उपचार सुरु गरिएको छ ।

लेटाङकी एक जेष्ठ नागरिकलाई कोभिड संक्रमण भएर उपचारको जरुरत भएपछी उक्त अस्पतालमा बिहिबार देखि उपचार सुरु गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले बताए । कोभिडका बिरामिलाई उपलब्ध ऐलेका सबै प्रबिधी लगाएर उपचार गरिने उनले बताए ।

१५ बेडको अस्पतालमा २२ वटा अक्सिजन तयारी अवस्थामा राखिएको उनले बताए । डाक्टरको दैनिक निगरानिमा उपचार हुने समेत नगरप्रमुख राईले जानकारी दिए ।