काठमाडौं,६ जेठ । वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन् । ९१ वर्षीय कार्कीले कोरोना जितेकी हुन् । उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएसँगै उनको वीरगन्ज महानगरपालिकाले संचालन गरेको कोभिड अस्थायी अस्पतालमा कोभिड अस्पतालमा उपचार भइरहेको थियो । उपमेयर कार्की कोभिड अस्पताल उदघाटनकै दिन पहिलो कोभिड संक्रमित भई उपचारार्थ भर्ना भएकी थिइन् । बुधबार स्वाव परीक्षण गर्दा नेगेटिभ आएसँगै उनलाई आज विहान डिर्चाज गरिएको मेयर विजय कुमार सरावगीले बताए ।
उपमेयर कार्कीलाई लिन मेयर विजय कुमार सरावगी र प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला कोभिड अस्पताल पुगेका थिए ।
मयेर सरावगीले कार्कीलाई उच्च मनोबलका साथ कोभिड १९ जितेमा बधाई दिएका छन् । अविवाहित कार्की कांग्रेसबाट उपमेयरमा २०७४ सालको चुनावमा निर्वाचित भएकी थिइन् । नेपाल प्रेस बाट




















