भारतको अहमदाबादमा यतिबेला अत्याधिक गर्मी छ। मानिसहरु शितलमा बस्छन्।
सवारी साधन चलाउन नसकिने गर्मी त्यहाँ भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
४५ डिग्री सेल्सियससम्मको गर्मीले कार कुदाइरहँदा निकै गर्मी भएपछि एक महिलाले तापक्रमलाई चिसो बनाउन तथा आफूलाई शितलमा राख्न कारलाई गोबरले पोतेका छन्।
यसरी गोबरले कार पोतेपछि आफूलाई गर्मी कम भएको महशुस भएको उनले बताएकी छन्।
फेसबुक प्रयोगकर्ता रुपेश गौरंगा दासले यस फोटो सार्वजनिक गरेसँगै भारतमा यस विषय निकै चर्चित बनेको छ।
दासले गाईको गोबरको सही सदुपयोग भएको बताएका छन्। दासका अनुसार उक्त कारको फोटो सेजल साहाको हो। सेजलले वाट्सएप मार्फत दासलाई फोटो पठाएकी थिइन्।
उनले गोबरले कार पोत्दा कार हाँक्दा गर्मी कम भएको बताएको दासले बताएका छन्।
विशेषगरी भारतमा गोबरले घरहरु पोतिन्छन्। कारलाई गोबरले पोतिएपछि भने मानिसहरुले यस कार्यलाई सिर्जनात्मक भनेर तारिफ गरिरहेका छन्।




















