पथरी शनिश्चरे २६ जेठ। गोर्खा फेयलफेयर ट्रष्ट दमकमार्फत आज पथरी शनिश्चरे नगरले कोरोना संक्रमितको उपचारमा सञ्चालन गरेको आइसोलेसनका लागि अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामग्री प्रदान भएको छ ।

वेयलफेयरका तीर्थबहादुर थापाको अगुवाईको टोलीले नगर प्रमुख दिलीपकुमार राई, वडा नम्बर १ का अध्यक्ष बाबुराम एङदेन, सामाजिक विकास समितिका सदस्य भद्रमान विश्वकर्मा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई सामग्री हस्तान्तरण गरेको छ ।

जसमा, ३ वटा अक्सिजन कन्सन्ट्रेटर, १५० थान पीपीइ र १५ थान पल्स अक्सिमिटर गरी ८ लाख ६८ हजार बढी रकमको सामग्री प्राप्त भएको हो । सामग्रीका लागि सामाजिक विकास समितिका सदस्य विश्वकर्माले पहल गर्नुभएको थियो ।

197977723_208899604387931_9127379360391137997_n