मधुमल्ला,११ साउन । अहिलेको अवस्थामा मधुमेह र उच्च रक्तचाप को बिरामीको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यस्तो खालको स्वास्थ्य समस्यालाई उपचार गरेर निर्मुल पार्न सकिने भने अवस्था छैन तर यसको नियमित चेक,जाच गरेर चाहि यसलाई नियन्त्रमा भने ल्याउन सकिन्छ ।
यस्तै उदेश्यका साथ उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकामा पनि आइतबार देखि मधुमेह र उच्च रक्तचापको नागरिकहरुलाई निःशुल्क परिक्षण शुरु भएको छ । मानव सेवामा बिभिन्न काम गर्दै आएको लायन्स क्लब अफ मिक्लाजुङ र साझा हेल्थ केयर प्रा.ली. मधुमल्लको संयुक्त आयोजनामा यस क्षेत्रका नागरिकहरुलाई लक्षित गरि एक बर्ष सम्म निःशुल्क रुपमा परिक्षण कार्य गरीने लायन्स क्लब अफ मिक्लाजुङका अध्यक्ष छत्र डाँगीले बताए ।
लायन्स क्लब अफ मिक्लाजुङले पछिल्लो समय समुदाय स्तरमा सुगर र प्रेसरका बिरामीहरुको संख्या बढ्दै गएकाले रोगको पहिचान गरि उपचारमा सहयोग पु¥याउने उदेशयले निःशुल्क कार्यक्रम राखीएको अध्यक्ष डाँगीले बताए ।

निःशुल्क सुगर प्रेसर परिक्षण कार्य एकदमै राम्रो काम भएको र यसले समुदाय स्तरमा रोगको पहिचान गर्न सहयोग पु¥याउने भएकाले लायन्स र साझ हेल्थ केयर प्रा.लि.को काम प्रशंशनिय भएको कार्यक्रमका प्रमुख अतिथि ताथ मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले बताइन ।
मिक्लाजुङ क्षेत्रमा बिगत ६ बष अघिदेखी स्वास्थ्य सेवा दिदै आएको साझा हेल्थ केयर प्रालीले समाजीक उत्तर दायित्व अन्र्तगत लायन्स क्लब अफ मिक्लाजुङ संग साझेदारी गरी स्वास्थ्य सेवा गर्न पाउँनु खुसिको कुरा भएको साझा हेल्थ केयर प्रा.ली.ले जनाएको छ । निःशुल्क सुगर प्रेसर परिक्षण कार्यक्रममा मिक्लाजुङ वडा नं. ९ वडा सदस्य तारनाथ मगर (कैलाश) वडाध्यक्ष सोमनाथ अधिकारी, लियो क्लब अफ मिक्लाजुङका पदाधीकारीहरु, लायन्स क्लब अफ मिक्लाजुङका पदाधीकारीहरुको उपस्थिती रहेको थियो





















