बा ले बाजा गाजा सहित, बालकोट यात्रा गरी बक्सियो
ताम झाम सहितको नाच मा, बा को जिन्दावाद गीत गुन्जियो
बा को अनुहारमा खुसी भन्दा, रिसको आवेग पो बढी पाइयो
खोइ किन हो बा बार्दलीमा, छिटो छिटो उक्लेर तल हेरिबक्सियो !!बरबराउन थालिसियो आवेगमा आइसियो, भन्ने नभन्ने भनिसियो
आफूलाई लगाएको गुण पनि बिर्सिसिएर, मनलागी बरबराइसियो
जे मुखमा आयो त्यही भनिबक्सियो, लाजले मुख छोप्ने पारिबक्सियो
बा का छाउराहरूको उदेक लाग्दो, नाच गान पनि सबै देख्न पाइयो !!![]()
एक्कासि बाको गर्जनले, १८ करोड लगानीको सम्झना गरायो
मेरो मन आतङ्कित भयो, करोडौँको लगानी डुब्ने संशय गरायो
म धेरै चिन्तित छु, बा ले आफ्नो स्वास्थ्यमा ख्याल नगरेको देखेर
जनताहरू स्तब्ध छन्, बा माथिको लगानी खरानी हुन्छ कि भनेर !!म रन भुल्ल मा पर्याँ, बा र छाउराहरूको चर्को आवाजहरू सुनियो
बा ले पनि कराउँदै सराप्न थालिसियो, भन्न हुने नहुने सबै कुरा भनिसियो
हजुरको बरबराहट र सैतानहरूको कोलाहलले, आतङ्कित नबनाइसियोस
बा अति भयो अतिले खती निम्त्याउँछ, अब हजुर सदा को लागि आराम गरिसियोस !!
![]()




















