बिराटचोक,३० साउन । मोरङको सुन्दरहरैँचा ९ मा लायन्स क्लव अफ इटहरी क्रियटिभ लेडीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज भएको सो रक्तदान कार्यक्रममा ४० जना भन्दा बढी व्यक्तिलेले रक्तदान गरेका छन्।

क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लव अफ इटहरी क्रियटिभ लेडीकि प्रेसिडेन्ट लायन निता शर्माले बताइन ।

यस्तै क्लबकी सचिव लायन स्मृति सापकोटा भट्टराईले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरिएको कुरा ब्याक्त गरिन ।