काठमाडौं, २ भदौं । पूर्वसांसदसमेत रहनुभएका प्रगतिशील गायक जेबी टुहुरे बिरामी हुनुभएको छ । अहिले उहाँ बल्खुस्थित बयोधा अस्पतालको सीसीयू कक्षमा उपचाररत हुनुहुन्छ ।
७६ वर्षीय टुहुरे मंगलबार दिउँसो कलंकीमै अचानक बेहोस भएर लडेपछि अस्पताल भर्ना गरिएको हो। २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो।
सुनसरीको धरान घर भएका उहाँ दोस्रो संविधान सभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत हुनुभएको थियो ।
संविधानसभा सदस्य एवम् वरिष्ठ जनगायक जेवि टुहुरेलाई अस्पताल भर्ना गरीएको छ । टुहुरेलाई आज बिहान अचानक ' स्ट्रोक ' भएपछि वल्खुस्थित वयोदा अस्पतालको सिसियु कक्षमा भर्ना गरिएको परिवार श्रोतले जनाएको छ ।
जनगायक जेबि टुहुरेले धेरै जनताका गितहरु गएका थिए भने आमा दिदि बहिनिहो कति बस्छौ दाशी भई सुख सधै प्यासी बनेर भन्ने बोलको गित अझै पनि चर्चित छ ।




















