✍️ सुभाषचन्द्र देवकोटा 

उहाँ !
चतुर हुनुहुन्छ!
धूर्त हुनुहुन्छ!
***
त्यसैले,उहाँ
देशमा द्वन्द रोपेर,
शान्तिको परेवा उडाउनु हुन्छ!
कुशासनको अहालमा देश डुवाएर ,
सुशासनको पाठ पढाउनु हुन्छ!
नन्दी,भृङ्गिहरुको सडक ताण्डव देखेर !
दंग पर्नुहुन्छ!!
***
उहाँ !
छली हुनुहुन्छ!
ढोंगी हुनुहुन्छ!
***
त्यसैले ! उहाँ
आफूलाई महाराजा ठानेर ,
जनतालाई रैती ठान्नु हुन्छ!
चोरलाई चौतारोमा राखेर ,
सज्जनहरुको खिल्ली उडाउनु हुन्छ !!
आफन्तहरुको मेख मार्न,
पराईको काखमा सुत्नु हुन्छ!!
*****
उहाँ !
कपटी हुनुहुन्छ !
अहंकारी हुनुहुन्छ!
****
त्यसैले, उहाँ
अहं,तुस्टी पुरा गर्न
घर पोलेर आगो ताप्नु हुन्छ !
जनताको टाउकोमा गीर खेलेर,
रमाउनु हुन्छ!
निरोको बाँसुरी बजाउदै एक्लै हाँस्नु हुन्छ !
*****
उहाँ अर्थात् उहाँ
यस्तै हुनुहुन्छ!!!!!