विराटनगर,१५ भदौ । विराटनगर ८ स्थित जतुवामा अत्याधुनिक उपकरण सहितको पर्फेक्ट हेल्थ फिटनेस जीमखाना संचालनमा आएको छ । एक करोड भन्दा बढीको लागतमा सो जीमखाना संचालनमा आएको हो ।

241033499_4132945996774351_6276814141902447939_n (2)

जतुवा निवासी ई. हिरा यादबले एक करोड भन्दा बढीको लागतमा सो जीमखाना संचालनमा ल्याएका हुन् । सोमवार एक कार्यक्रमबीच विराटनगरका मेयर भिम पराजुलीले सो जीमखानाको उद्घाटन गरेका थिए ।

पछिल्लो समय मान्छेको अव्यवस्थित खानपानले विभिन्न रोगहरु लाग्ने गरेकोले तिनीहरुलाई स्वास्थ्य राख्न, युवाहरुलाई कुलत तर्फ जानबाट रोक्ने, शारीरिक फिट्नेसको उद्देशयले पर्फेक्ट जीमखाना संचलन गरिएको ई. यादवले बताए ।

241074892_4132952203440397_7297815539001296821_n (2)

कार्यक्रममा प्रमुख अतिथी मेयर पराजुली, पुर्वाञ्चल विश्व विधयालयका उप कुलपति प्रा.डा. यादव राज कोईराला, प्रदेश सभा सांसद जयराम यादव, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य महेश रेगमी, मोरङ बडिबिल्डिङ्ग एण्ड फिटनेश एशोसिएशन संस्थाका अध्यक्ष अमलेश कर्ण लगायतले जीम सम्बन्धी आफ्नो धारणा राखेका थिए । उनीहरुले जीमको नियमित अभ्यासले स्वास्थ्य, फिट्ने सहित सकारात्मक सोंचको समेत विकास हुने बताए ।

241056546_4132945420107742_9158498479024085192_n

संचालक यादवका बुवा नरायण यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा मोरगं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सांसद अमन लाल मोदी, वडा नम्बर १० का अध्यक्ष माधव वागले, वडा नम्बर १४ का अध्यक्ष बलदेव यादव, युवा जागरण संघका अध्यक्ष भोला यादब, माननीय मिना देवी यादव लगायतको उपस्थिती रहेको थियो । हिपमत बाट