काठमाडौं । नेपाल सरकारका कर्मचारीले गरेको एक हर्कतले सिंगो कर्मचारी जगतलाई लज्जित तुल्याएको छ । कानुन मन्त्रालयका उपसचिवहरुले शुक्रबार धुलिखेलको एक रिसोर्टमा तोडफोड गरेका छन् ।
आर्थिक वर्ष २०७५-०७६ सकिनै लाग्दा समिक्षा गोष्ठी गर्न पुगेका उनीहरुले नसाको तालमा हंगामा गरेको खुल्न आएको छ । शुक्रबार गोष्ठी गर्ने क्रममा कानुन मन्त्रालयका उपसचिवहरुबीच मनमुटाव भई झगडा गरेको होटेल सञ्चालकले जानकारी दिएका छन् ।
उनीहरुले होटलका कुर्सी र फ्रिज तोडफोड गर्न थालेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




















