नेपालगञ्ज/ बाँकेको विनौनामा पुल बनाउने क्रममा ठाडो पारेर राखेको रडले लागेर एक जनाको मृत्यु भएको छ भने अनय दुई जना घाइते भएका छन्।

रडले लागेर भारतीय नागरिक मनिउल हकको मृत्यु भएको हो। उक्त घटनामा भारतकै कुसुम मण्डल र तिरुल हक घाइते भएका छन्।

राप्तीसोनारी गाउँपालिका–५, विनौनास्थित राप्ती नदीमा पुल बनाउने क्रममा ३२ इन्चको रड उनीहरुको टाउकोमा बज्रेको थियो ।

रडले लागेर घाइते भएका मनिउल हकलाई उपचारका लागि नेपालगञ्जस्थित नर्सिङहोम ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। अन्य दुई जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। सञ्चारपाटीबाट साभार