सुकुना,७ पुस । मोरङको सुन्दरहरैचा १२ स्थित सुकुना बहुमुखी क्याम्पस सुकुनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एस) निकट अनेरास्ववियुको आयोजनामा बुधबार भएको खुल्ला रक्तदान कार्यक्रममा १ सय ३० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।

अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस कमिटी अध्यक्ष बिक्रम खडकाले कोरोना सङ्क्रमण र बिभिन्न रोगका कारण देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।
यस्तै स्ववियु सभापती सन्तोष लिम्बुले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए। सो रक्तदान कार्यक्रममा नेकपा ( एकीकृत समाजवादी) केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने ब्लड बैक बिराटनगर प्राविधीक सहयोग गरेको थियो ।





















