गाईघाट,१७ फागुन । उदयपुरको ताप्ली गाउँपालिकामा वर्डफ्लु भेटिएको छ । उदयपुरमा पहिलो पटक बर्डफ्लु भित्रिएको हो । ताप्ली गाउँपालिका-३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपंक्षीमा संक्रमण पाइएको हो । वर्डफ्लुका कारण एक हजार ६ सय बढी कुखुरा मरेका छन् ।
केही दिनअघि स्थानीय होमबहादुर मगर, चक्रबहादुर मगर, बमबहादुर तामाङलगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको भेटिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा. अजय साहले जानकारी दिएका छन् ।
त्यस क्षेत्रमा १,६२५ पंक्षी मरेको साहले जानकारी दिएका छन् । कुखुरा मरेका जानकारी पाए लगत्तै बर्डफ्लुको आशंकामा स्थानीयको लिर्यस कुखुरा २० वटा, जंगली पंक्षी पाँच वटा र परेवा तीन वटा नमुना परीक्षणका लागि विराटनगर पठाइएको थियो ।
विराटनगरको प्रारम्भिक परीक्षणपछि केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको साहले बताए । भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका लागि लगिएका लिर्यस र बोइलर कुखुराबाट बर्डफ्लु भित्रिएको स्थानीयबासीको आशंका रहेको छ ।
भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका १५ दिन अघि थारो लिर्यस र बोइलर कुखुरा बिक्रीका लागि लगिएको स्थानीयबासीले जानकारी दिएको साहले बताए । अहिले सो क्षेत्रका पाँच हजार पंक्षी नष्ट गर्ने तयारी भइरहेको साहले बताए । नयाँपेज बाट




















