दुर्गम जिल्लाहरूमा शिक्षाकाे अवस्था खस्किदै गइरहेकाे बेला नयाँ पाईला नामक एक सामाजिक संस्थाले प्रदेश एककाे बिभिन्न जिल्लाहरूमा शिक्षा अभियान सञ्चालन गरेकाे छ ।

उक्त अभियान अन्तरगत हालै साे संस्थाले संखुवासभाको अति विकट भुसुनेमा रहेका केहि सामुदायिक बिद्यालयमा अध्यन्नरत बिद्यार्थिहरूलाइ शैक्षिक सामग्रीहरू बितरण गरेकाे छ । 

विराटनगर र नवलपुर टिमकाे सयुत अायाेजनामा साे स्थानमा रहेकाे गाैतम बुद्ध अाधारभुत बिद्यालयमा अध्यन्नरत २ दर्जन बढी बिद्यार्थिहरूलाइ शैक्षिक सामग्रीहरू बितरण गरेकाे संस्थाका संस्थापक सुमन खड्काले बताए । 

उनका अनुसार  विद्यार्थी लाई अावश्यक व्याग , कपि लगाएत स्टेसनरी सामाग्री र स्कुल ड्रेस साथै खेलकुद सामाग्री पनि वितरण गरिएको जानकारी दिए।