जाजरकोट,१५ असार । चालक अनुमतिपत्र नभएका ब्यक्तिलाई मोटरसाइकल दिएका एक व्यक्ति पक्राउ परेका छन्। चालक अनुमति नभएका व्यक्तिलाई मोटरसाइकल दिएर दुर्घटनामा परेपछि फरार रहेका सवारी धनी उदयपुर त्रियुगा नगरपालिका-५ का ३३ वर्षिय उदयमान श्रेष्ठ पक्राउ परेका हुन ।

हाल गोल्डेन गुड शेर्पा कन्ट्रक्सनका साईड इन्चार्ज रहेका श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

उनले केही समय अघि सवारी चालक अनुमति पत्र नभएका जाजरकोट नगलगाड नगरपालिका-५ कालीमाटीका २२ वर्षिय सोमराज वलीलाई आफ्नो मोटरसाइकल दिएका थिए। वलीको मोटरसाइकल दुर्घटनामा २०७८ जेठ १६ गते मृत्यु भएको थियो।

चालक अनुमति पत्र नभएका अनाधिकृत ब्यक्तिलाई आफ्नो मोटरसाइकल दिएको र दुघर्टनामापरी ज्यानै गएपछि श्रेष्ठ फरार भएका थिए।