विराटचोक,१९ असार । मोरङको केराबारी ९ स्थित रामवीर आधारभुत माध्यामिक विधालयमा अक्षयकोष स्थापना भएको छ । गत साल असार १७ गते कोरोना को कारण मिर्त्यु भएका १७ बर्षिय हैकमसिंह थापाको स्मृतीमा १ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गरिएको हो ।

सो अक्षयकोषको लागी स्वर्गीय थापाको परिवारजनबाट ९० हजार रुपैया र बिधालयको तर्फबाट १० हजार रुपैया रकम थपगरी अक्षयकोषको स्थापना गरीएको विधालयको प्रअ पर्शुराम चापागाईंले बताए । अक्षयकोषको लागी जम्मा भएको रकम केराबारी गाँउपालिकाका अध्यक्ष सुमन मिरिङचिङको प्रमुख आतिथ्यतामा बिधालयलाई हस्तान्तरण गरीएको छ ।

291958192_610721277311777_1645354936264022655_n

कार्यक्रममा स्वर्गीय थापाको परिवारजनबाट गरिव तथा जेहेन्दार निम्न आयस्रोत भएका विद्यार्थीलाइ शैक्षिक सामग्री समेत हस्तान्तरण गरिएको नेकपा एमाले केराबारीका सचीव भीम कार्कीले जानकारी दिए ।

अध्यक्ष मिरिङचिङले चुनावताका घोषणा गरे बमोजिम आफुले पाउने सेवासुविधा जनताको हितमा खर्च गर्ने भने बमोजिम १ महिनामा आउने बराबरको सेवा सुविधा उक्त अक्षय कोषमा दिने प्रतिबद्धता ब्यक्त गरे ।

291721745_610721310645107_438092507686162473_n

गाँउपालिकाका अध्यक्ष सुमन मिरिङचिङको प्रमुख आतिथियता भएको कार्यक्रममा बिधालय व्यवस्थापन समितीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ प्रधानाध्यापक पर्शुराम चापागाईं नेकपा एमाले केराबारीका सचीव भीम कार्की,कार्यपालीका सदस्य लिलादेवी दास केराबारी ९ नम्बर वडा सदस्य हिमा सुवेदी लिम्बू अनेरास्ववियु मोरङका उपसचिव सङगम कन्दङ्वा युवा संघ मोरङका सचिवालय सदस्य विवेक भुजेल बिधालय व्यवस्थापन समितीका पुर्व अध्यक्षहरु शिक्षा सेविहरु लगायतको उपस्थिती रहेको थियो ।