काठमाडौं,५ साउन । भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मु बिजयीहुने निश्चित जस्तै भएको छ । साउन १८ गते भएको राष्ट्रपति निर्वाचन राष्ट्रपति निर्वाचनको मतगणनामा सांसदको मत गरणा सकिदा द्रौपदी मुर्मुले धेरै मतन्तारले अग्रता लिएकी छिन् ।
पहिलो चरणको मतगणनामा सांसदहरुको मत गणना भएको थियो भने सांसदको मतगणना सकिएपछि अहिले विधायकको मत गणना भइरहेको छ । राज्यसभाका महासचिव पीसी मोदीले द्रौपदी मुर्मुले ३,७८,००० मतसहित ५४० मत प्राप्त गरेको र यशवन्त सिन्हाले १,४५,६०० मतका साथ २०८ मत प्राप्त गरेको जानकारी दिए। जम्मा १५ मत बदर भएको छ । निर्वाचनको नतिजा आजै सार्वजनिक हुने महासचिव मोदीले जानकारी दिएका छन् ।
यदि मुर्मुले यो चुनाव जितिईनभने उनी राष्ट्रपति बन्ने पहिलो आदिवासी महिला हुनेछिन् । धेरै राज्यमा मुर्मुको पक्षमा भएको क्रस भोटिङले पनि उनको जित सुनिश्चित जस्तै भएको छ । वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिँदैछ भने नयाँ राष्ट्रपतिको सपथ ग्रहण जुलाई २५ मा हुने तय भएको छ ।




















