काठमाडौं,१० साउन । म्यानमारमा पूर्वसांसदसहित ४ जनालाई मृत्युदण्ड दिएको छ । आतंककारी गतिविधि गरेको आरोपमा म्यानमारको सेनाले पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई मृत्युदण्ड दिइएको हो ।
नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का ५३ वर्षीय पूर्व सांसद जिम्मी सन् १९८८ मा सैन्य शासनको विरोध गर्ने विद्यार्थी समूहका सदस्य थिए । उनी प्रजातान्त्रिक आन्दोलनको क्रममा पटक–पटक जेल परेका थिए ।को जिम्मी नामले चिनिने क्यो मिन यु लेखक हुन् उनलाई छाया सरकारको सल्लाहकार भएको आरोपमा पक्राउ गरिएको थियो ।
म्यानमारमा पाँच दशकमा पहिलो पटक फाँसी दिइएको सरकारी पत्रिका ‘मिरर डेली’ले फाँसीको जानकारी दिइएको छ ।
संयुक्त राष्ट्र संघका विज्ञहरू र दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान), कम्बोडियाका वर्तमान अध्यक्ष लगायत विश्वभरका धेरै देश र व्यक्तित्वहरूले चारै जना राजनीतिक बन्दीहरू भएको हुदाँ उनीहरुलाई माफि दिन आग्रह गरेका थिए ।




















