काठमाडौं,१० साउन । म्यानमारका लोकतान्त्रिक अभियन्ताहरुलाई सैनिक सरकारले मृत्युदण्ड दिएको विरोधमा नेपालमा धर्नासहित विरोध गरिएको छ । नेपाल मानव अधिकार संगठनले यू एन हाउस अगाडि आज धर्ना दिएको हो ।
म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको थियो । १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो त्यस विषयमा आधिकारिक रूपमा जानकारी गराइएको छैन ।
मृत्युदण्ड दिएकोमा पूर्व सांसद फो जिया था, लेखक तथा कार्यकर्ता को जिमी, ला म्यो आङ्ग र आङ्ग थुरा जा रहेका छन् । उनीमाथि 'आतंकवादी गतिविधि'लाई संलग्न भएको आरोप थियो ।
त्यसैगरी संयुक्त राष्ट्र संघका विज्ञहरू र दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान), कम्बोडियाका वर्तमान अध्यक्ष लगायत विश्वभरका धेरै देश र व्यक्तित्वहरूले चारै जना राजनीतिक बन्दीहरू भएको हुदाँ उनीहरुलाई माफि दिन आग्रह गरेका थिए ।



















