काठमाडौं, १२ साउन । अमेरिकामा छ वर्षीय बालकले आफ्नी बहिनीलाई गोली हानि हत्या गरेका छन् । इन्डियानापोलिसको उत्तरपूर्वमा रहेको मानसी सहरमा रहेको आफ्नै घरमा मंगलबार बालकले पाँच वर्षीया बहिनीको टाउकोमा गोली हानी हत्या गरेका हुन् । बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीको सोधपुछ पछि हत्या भएको सार्जनिक भएको हो । दुईवटा गोलीले भरिएको बन्दुकमध्ये एउटालाई उठाए र आफ्नी बहिनीलाई गोली हानेको बालकले सो कुरा बताएको अमेरिकी प्रहरी उपप्रमुख मेलिसा क्रिसवेलले जानाकारी दिएकी छिन ।
हामि सुतिरहेका थियौ त्यहि बेला दराजको चाबी फेला पारि बन्दुक उठाएर कान्छी बहिनीको टाउकोमा गोली हानेको रहेछ' बालककी आमा किम्बर्ली ग्रेसनले बताइन् । आफू र श्रीमानले छोरालाई बन्दुक चलाउन सिकाउन केही समयअघि नै सुटिङ रेन्जमा लगेको बालककी आमा ग्रेसनले स्वीकारेकी छिन । घटनाको बारेमा प्रहरीले २८ वर्षीय ग्रेसन र उनकी श्रीमती २७ वर्षीया किम्बर्ली ग्रेसनलाई पक्राउ गरेको छ । एजेन्सी




















