विराटनगर,१५ साउन । दशनामी समाजले प्रदेश १ को नाम सगरमाथा राख्न माग गरेकोछ । जातीय आधारमा नामाकरण भए देशब्यापी रुपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिँदै भुगोलको आधारमा सगरमाथा नाम राख्न माग गरेको हो ।
समाजको प्रदेश नम्बर १ समितिले नेपाल बहुजाती, बहुभाषी, बहुबर्गीय राष्ट्र भएकाले भूगोलको आधारमा सगरमाथा नाम राख्न आग्रह गरेको हो ।
विश्वमा नेपाल हिमालको नामले चिनिएको देश भएकाले प्रदेश नम्बर १ को नाम सगरमाथा नै उचित हुने नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीले बताए ।प्रदेश नम्बर १ को नामकरण एकल जातीय आधारमा राखे सशक्त विरोध गर्ने चेतावनी दिएका छन् ।



















