काठमाडौं, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धित संशोधित विधेयक संसदमै फिर्ता गर्नुभएको छ । आज राष्ट्रपति कार्यालय शितलनिवासले विधेयक पुनर्विचारका लागि भन्दै संसदमै फिर्ता गरिदिनुभएको हो ।

उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।

Screenshot (397)