सुन्दरहरैँचा,९ असोज । मोरङको  सुन्दरहरैँचाका करिव २ बर्ष  देखि हालसम्मका  सेवा निवृत्त  ४९ जना  शिक्षक / शिक्षिका सम्मानित हुनुभएको छ । नगरपालिकाले सुन्दरहरैँचा १० स्थित चन्डेश्वरी प्राबीमा आइतबार  एक कार्यक्रमका बीच सम्मानित गरेको हो ।

308289714_491333339249848_1965646895390987486_n

मेयर केदारप्रसाद गुरागाई उपमेयर अकली चौधरी र नेपाल शिक्षक महासंघ सुन्दरहरैँचा ईकाईका अध्यक्ष बलराम पोखरेलले उहाँहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको छ । सो अवसरमा शिक्षकहरुलाई मायाको चिनो स्परुप करुवा समेत प्रदान गरिएको थियो । 

सम्मानित हुने सेवा निवृत्त शिक्षक / शिक्षिकामा लक्ष्मीकुमार श्रेष्ठ, बिदुरप्रसाद सुवेदी,डिल्लीराम अधिकारी,कल्याण सिटौला बिन्दु सर , बिष्णु श्रेष्ठ ,बाबुराम भट्टराई,कोपिला डाँगी,रामप्रसाद तिम्सिना,शम्भु घिमिरे, छत्र काफ्ले, टङ्कमणि लामिछाने,राधा न्यौपाने, तारा वराल, भोला अधिकारी, लगायत रहनु भएको  छ ।