- रबिन्द्र बराल
माेरङ/ मौरीपालन सम्वन्धि जानकारी गराउन मोरङको रंगेली स्थित एक निजि विद्यालयले मौरीपालन व्यवसायको अवलोकन गराएको छ । रंगेली ७ मा रहेको मिनिल्याण्ड वोडिङले पाथीभरा मौरीपालनको अवलोकन गराएको हो ।
कक्षा १० मा अध्यनरत ४८ जना बिधार्थि हरु लाई रंगेली ३ मा रहेको पाथीभरा मौरीपालन र्फमको अवलोकन गराएको हो । मौरीको वारेमा जानकारी दिनुुकासाथै मौरीले मह कसरी वनाउछ र रानी मौरीको वारेमा जानकारी गराइएको थियो ।
कितावी ज्ञानले मात्र नहुुने भएकाले व्यवसाय कसरी संचालन गरिन्छ त्यसवाट के के फाइदा हुुन्छ भन्ने उद्शेय ले जानकारी गराउन व्यवसायक्षेत्रमा लगेर अवलोकन गराएको विद्यालयका शिक्षक विकास चौहानले वताउनुुभयो ।



















