सायदै मानिसले अहिलेसम्म करिश्मा मानन्धरलाई यो अवतारमा देखेका छैनन् । यसैले शीर्षकमा नै करिश्मा मानन्धर खेती किसानीमा व्यस्त भन्यो भने पाठकलाई पत्यार नलाग्ला । यसैले यो प्रसंसनीय अवतार सबै पाठक समक्ष पुर्याउन हामीले करिश्मा मानन्धरलाई तरकारीवाली भनेका छौ ।

उहाँले आफ्नै पौरखले खानुपर्छ यसैले फुर्सदमा करेसाबारीमा जान्छु भनेर यस्ता तस्वीर पोष्ट गरेपनि एकदमै भाइरल बनेको छ । उहाँले दिएको यो सबैका लागि मुल मन्त्र हो । तपाईसँग अलिकति बारी छ वा घरको पेटी, छत जहाँ भएपनि आफुलाई केही समयका लागि पुग्ने तरकारी आफैले उत्पादन गर्नुभयोभने राज्यको अर्बौ रुपैया हरियो तरकारी किन्नका लागि भारत र चीन जाने थिएन ।

बिषादी युक्त तरकारीबाट बिरामी भएर लाखौँ खर्च गर्नुपर्ने थिएन । यसैले तपाईहरुपनि करेसाबारीमा केही भएपनि तरकारी रोप्नुहोस् । बारी नहुँनेले घरको पेटीमा कोठाभाडामा मात्र बस्नेलेपनि घरभित्र हुने तरकारीलाई भाँडामा राखेरपनि उमार्न सक्नुहुनेछ । यो कसरी भन्ने टिप्स हामीले अघिल्लो लेखमा राखेका थियौँ । बाँकी अब यो तस्वीरका बारेमा थप पढ्नुहोस् ।

नेपाली कलाकारिता क्षेत्रमा करिश्मा एकदमै पुरानो नाम हो । उनले नेपाली सिने जगतमा दशकौ राज गर्न सफल भइन् । कुनै बेला चलचित्र उनी र महानायक राजेश हमालको जोडिले मात्रै चल्थ्यो म यो भन्दै छैन कि चलचित्रको कथा वस्तु राम्रो हुँहैन्थ्यो ।

 

उनीहरुले लामो समय सँगै काम गरेका थिए । बिचमा राजेश हमालले सिनेमाबाट विदा लिएर टेलिभिजन कार्यक्रम तर्फ लागेका छन् । करिश्माले भने अलिक धेरै सोच्न पुगिन अनी नेपाली राजनीतिमा हाम फालिन् । उनको राजनीति फलिफाप हुन सकेन जत्ति कलाकारिता भएको थियो ।

 

तत्कालिन अवस्थामा करिश्मा बाबुराम भट्टराईले नेत्तृत्व गरेको नयाँ शक्ति पार्टीमा आवद्ध थिइन् । तर त्यहाँ उनले सोचे जस्तो भूमिका नपाएर आफ्नो पढाइको कारण देखाउदै पार्टीको गतिविधिमा लामो समय देखि संलग्न थिइनन् । तर जब बाबुराम भट्टराईले उपेन्द्र यादवको संघीय समाजवादी पार्टीसँग एकता गरेपछि झनै उनि राजनीतिबाट विचलित (राजनीति) भईन् ।

 

एसइई दिएपछिको फुर्सद अनि राजनीति छोडेपछिको समयलाई करिश्माले अहिले करेसाबारीमा सदुपयोग गर्दैछिन् । करिश्माले करेसाबारीमा रम्दै गरेको केही तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनको यो कार्यको धेरैले खुलेरै प्रशंसा गरिरहेका छन् ।

 

नेपालमा एकथरी मानिसहरुको मानसिकता के छ भने ठुलाबडाहरुले खेतबारीमा काम गर्नुहुँदैन । उनीहरुले कार्यालयहरुमा काम गर्नुपर्छ त्यो पनि कुर्सीमा बसेर गर्नुपर्छ भन्ने सोच रहेको छ । अब मान्नधरको यो तस्वीरले मानिसहरुलाई यो बुझ्न गाह्रो हुँदैन कि कृषि भन्दा ठुलो पेशा संसारमा कुनै पनि हुँदैन ।