काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अर्को महत्वपूर्ण निर्णय लिएको छ । सरकारलाई जनताको अभिभावकका रुपमा लिने गरिन्छ । सरकारले पनि जनताप्रति अभिभाकत्व निभाउनेगरी निर्णय गरेको हो । सरकारले वैदेशिक रोजगारीको सिलसिलामा कोमामा रहेका २८ नेपाली कामदारलाई स्वदेश फिर्ता ल्याउने भएको छ ।
वैदेशिक रोजगार बोर्डका अध्यक्ष समेत रहनु भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले कोमामा भएका बिरामी ल्याउने निर्णय भएको जानकारी दिनुभयो ।
सरकारले वैदेशिक रोजगारीको क्रममा करार अवधिभित्र दुर्घटनामा परी गम्भीर चोटपटकका कारण कोमामा उपचाररत् तथा पक्षधातबाट हिँडडूल गर्न नसक्ने अवस्थामा रहेका सबै बिरामीलाई सरकारले स्वदेश फर्काउने प्रक्रिया सुरु गर्न लागेको हो ।
दक्षिण कोरिया, साउदी अरब, कतार, कुवेत, युएईलगायतका मुलुकका विभिन्न अस्पतालमा २८ जना नेपाली यस्तो अवस्थामा उपचाररत् छन् । उनीहरुलाई स्वदेश ल्याई उपचार गराउने सरकारले निर्णय गरेको हो ।
कोमामा रहेका बिरामी फर्काउनका लागि बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको छ ।




















