काठमाडौ । नेत्र विक्रम चन्द विप्लव समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको निशानामा परेको छ । भोली नेपाल बन्दको आह्वान गरेको उक्त समुहका अर्का उच्च तहका नेतालाई आजै गिरफ्तार गरिएको छ । प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका अन्तराष्ट्रिय मामिला विभागसँग आबद्ध नरबहादुर कार्कीलाई गिरफ्तार गरेको हो । उनलाई आज बालुवाटारस्थित एक रेष्टुरेण्टबाट पक्राउ गरिएको प्रहरीले पुष्टी गरेको छ ।

एक सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै गर्दा उनी पक्राउ परेको जनाइएको छ । पक्राउ परेका कार्की कार्कीलाई प्रहरीले गिरफ्तार गरेको जानकार स्रोतले बतायो । ‘मोटिभेसनल स्पिकर’ का रुपमा स्थापित कार्की पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका थिए । पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

गिरफ्तार हुनुभन्दा केही घण्टा अघि मात्र कार्कीले फेसबुकमा स्ट्याटसमा ‘जो एनसेल, कोकाकोला, अरुण, कणार्ली, सीमा अतिक्रमण, प्रतिबन्ध गैर न्यायिक हत्या, इण्डोप्यासिफिक जस्ता जस्ता विषयमा मौन वा नजरअन्दा गर्छन्, बस्छन् तिनीहरु या त बेहोस् छन् या त चारो खाने प्राणी हुन् ।’ यसअघि पक्राउ परेका पार्टीका तेस्रो वरियताका नेता हेमन्त प्रकाश ओली अदालतको आदेशनुसार अझैपनि प्रहरी नियन्त्रणमा छन् । उनीहरुलाई राज्य बिरुद्धको कार्य तथा हातहरियार खरखजना सम्बन्धि मुद्धामा अभियुक्त बनाइएको छ ।