काठमाडौं । पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोगले मानिसलाई कमजोर बनाएको छ । हामीले यसको प्रयोग गर्दा पछि आइपर्ने समस्याबारे ख्याल गर्न सक्दैनौं ।

यस्तै, १० कक्षामा अध्ययनरत एक छात्राको अश्लील फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । छात्राको तस्वीर भाइरल भएपछि उनका अभिभावकले प्रहरी चौकीमा उजुरी दर्ता गराएका छन् । छात्रासँगै पढ्ने तीन युवकलाई शंकाको घेरामा राखेर पक्राउ गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार छात्राकी आमाले सामाजिक सञ्जालमा आफ्नी छोरीको अश्लील तस्वीर देखेपछि प्रहरी चौकी पुगेकी हुन् । यो घटना भारतको हो ।

एक युवतीले आफ्नो टाइमलाइनमा शेयर गरेको तस्वीर देखेपछि आमाले प्रहरीमा खबर गरेको जोगिन्द्रनगर प्रहरीले जानकारी दिएको छ । गुजरात प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।