विराटचोक,७ पुस  । हिमालय इंग्लिश स्कुल सुन्दरहरैंचा -१०  का प्रिन्सिपल कमल खनाल  निजी विद्यालयको छाता संगठन नेशनल प्याब्सन (एनप्याब्सन) प्रदेश नं १ को सह-सचिवमा मनोनित हुनुभएको छ । 

लामो समयदेखि शैक्षिक क्षेत्रमा आबद्ध रही गुणस्तरीय शिक्षामा जोड दिँदै आउनुभएका खनाल प्रदेश  सह-सचिवमा मनोनित हुनुभएको हो ।

सामाजिक सेवामा पनि सक्रिय खनालले आर्थिक रुपमा विपन्नलाई निःशुल्कसमेत पढाउँदै आउनुभएको छ । एनप्याब्सन आबद्ध विद्यालयहरुको हकहितमा प्रतिबद्ध भएर लागि पर्ने खनालले बताउनुभएको छ ।