विराटचोक,१४ पुस । मोरङको सुकुना बहुमुखि क्याम्पसमा नव आगन्तुक बिधार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरिएको छ ।
स्नातक तह पहिलो वर्षमा भर्ना भएका नव आगन्तुक बिधार्थीलाई बिभिन्न सांगेतिक कार्यक्रम सहित स्वागत कार्यक्रम सम्पन्न भएको छ । सुकुना क्याम्पसमा स्नातक तह दोश्रो वर्षमा अध्यनरत बिधार्थीहरुले बिहीबार सांगेतिक कार्यक्रम सहित स्वागत कार्यक्रम सम्पन्न गरेका हुन् ।

कार्यक्रममा क्यापसका विभिन्न संकायमा अध्ययनरत बिद्यार्थीहरुले विभिन्न नृत्य तथा गायन प्रस्तुत गरि कार्यक्रम अवधीभर मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रममा क्याम्पस प्रमुख चन्द्रमणि राईको प्रमुख आतिथ्यता रहेको थियो भने सहायक क्याम्पस प्रमुख अर्जुन अधिकारी, स्ववियु सभापति सन्तोष लिम्बू, पूर्व स्ववियु सभापति बद्री अर्याल, स्ववियु उपसभापति मिलन घिमिरे, राइजिङ स्टुडेन्ट अफ सुकुना समाज +२ को अध्यक्ष योगेश दहाल ,अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष मनोज लामा कार्की ने.वि.संघ क्याम्पस कमिटीका उपाध्यक्ष जीवन बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।
रोहन खत्रीको सभापतित्वमा भएको कार्यक्रमको व्यवस्थापन दिपेश श्रेष्ठले गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई निकिता कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् भने मदन भण्डारीले सञ्चालन गरेका थिएँ ।



















