-बद्री अर्याल 

इटहरी / सुनसरीकाे इटहरीस्थित सिवि सगरमाथा कलेजले नेपालमै पहिलाे पटक जापानिज भाषा संगै खेल बिज्ञान बिषयकाे नियमित कक्षा सञ्चालन गर्ने भएकाे छ । नेपाल सरकारकाे शिक्षा मन्त्रालयले समावेस गरेकाे पाठ्यक्रम अनुसार त्यसलाइ व्यवहारमा उतार्न सिबि सगरमाथा कलेज इटहरीले यसै शैक्षिक शत्र देखि कक्षा ११ र १२ मा जापानिज भाषा र खेल बिज्ञान बिषयकाे नियमित अध्यापन गराइने भएकाे हाे ।

सरकारले अनिवार्य रूपमा सबै उच्च माविहरूमा लागु हुने गरी यि बिषयहरू समावेस गराएपनि अहिले समम कुनै कलेजहरूले व्यवहारमा उतार्न नसकिरहेकाे बेला इटहरीकाे सिवि सगरमाथा कलेजले भने नेपालमै पहिलाे पटक जापानिज भाषा र खेल बिज्ञान बिषयकाे अध्यापन गराइने भएकाे हाे ।

जापानीज भाषा प्रति बिद्यार्थीहरूकाे रूचि बढदै गएकाे र त्याे संगै खेल बिज्ञान तर्फपनि अाकर्षण देखिएकाेले कलेजमा दुवै बिषयकाे अध्यापन सुरू गरिएकाे सिवि सगरमाथा कलेजका प्रिन्सिपल सागर भट्टराइले बताउनुभयाे ।

शिक्षा मन्त्रालयले दिएकाे ४ वटा पाठ्यक्रमहरू मध्ये दुइवटालाइ ब्यवहारमा उतार्दै बिद्यार्थिहरूलाइ थप सेवा प्रदान गर्ने र बैदेशिक शिक्षा तथा रोजगारिमा जादा पनि सहजिकरण होस भन्ने उद्धेश्यले पहिलो पटक जापानिज भाषा कक्षा सञ्चालन गरिएको कलेजका प्रिन्सिपल भट्राई बताउनुहुन्छ । उहाले प्रदेशमै पहिलाे पटक अाफ्नाे कलेजले म्युजिकल क्लास समेत सुरू गरेकाे जानकारी गराउनुभयाे ।

राम्रो दक्ष जनशक्तिको माध्यमबाट पाठयक्रम अनुसार कक्षा सञ्चालन हुने भएकोले एैच्छिको रुपमा जुन सुकै संकायका बिद्यार्थीले जापनिज भाषा, स्पार्टस साईन्स, डान्स र सगिंतको कक्षा पढ्न पाउने छन् । बिदार्थीको मनोबिज्ञानलाई बुझेर कक्षा सञ्चालन हुने भएको कारण बिद्यार्थीलाई जब प्लेसमेन्टको पनि सुबिधा रहेको प्रिन्सिपल भट्राईले बताए । हाल सिबिमा साईन्स, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साईन्स, ट्राभल एण्ड टुरिजम लगायतका कक्षा पनि सञ्चालनमा रहेका छन् ।