एजेन्सी । गत हप्ता लन्डनका सडकमा दर्जनौं मानिसहरु पेन्ट नलगाई अन्डरवियरमा मात्र घुमिरहेका देखिएपछि उनीहरुलाई देखेर सबैले एउटै प्रश्न सोधे, के भयो यी मानिसहरूलाई ? किन पेन्ट नलगाई घरबाट निस्किएको  ?

तर यसको कारण भने  लन्डनमा अर्कै छ उनिहरुले पेन्ट नलागाउने दिवसको रुपमा मनाएका छन । यो  कार्यक्रमलाई 'नो ट्राउजर डे' भनिन्छ ।   सन् २००२ मा अमेरिकाको न्यूयोर्क सहरबाट सुरु भएको 'नो ट्राउजर डे' लण्डनमा पनि मानिसहरुले यो दिवसलाई हर्षोल्लासका साथ मनाउन थालेका हुन् । सामाजिक सञ्जालमा भाइरल भएका तस्विर र भिडियोमा दर्जनौं मानिसहरु पेन्ट नलगाई नै बस, मेट्रो र सडकमा देखिएका छन । 

‘नो ट्राउजर डे’ को अर्थहो पेन्ट बिना सार्वजनिक स्थानमा घुम्नु हो। यो दिवस हरेक वर्ष बेलायत सहित धेरै देशहरुमा मनाउन सुरु भएको छ ।  यो दिवस कोरोना भाइरसको महामारीपछि पहिलो पटक सन् २०२३ मा पुन सुरु भएको छ । 

यो  दिवसलाई मनाउनको मुख्य कारण मानिसहरूलाई हँसाउन  र रमाइलो गराउने उद्देश्य मात्र रहेको कार्यक्रमको आयोजक द स्टिफ अपर लिप सोसाइटीले बताएको छ । कार्यक्रममा सहभागी भई रमाइलो अन्डरवियर लगाउन आयोजकहरुले मानिसहरूलाई आग्रह गरेका थिए । उनीहरूलाई रमाइलो अन्डरवियर  तर रमाइलोको नाममा कसैको भावनामा चोट नपुग्ने कुरामा पनि ध्यान दिन आयोजकहरुले भनेका थिए  ।

नो ट्राउजर डेमा युवा महिला र पुरुषसँगै जेष्ठ नागरिकहरूले पनि  सहभागीता जनाएका थिए । यो दिनलाई नो प्यान्ट डे पनि भनिन्छ । यसरी सडकमा निस्कँदा 

पेन्ट लगाउनै बिर्से जस्तो लाग्ने अनौठो अनुभव भएको कार्यक्रममा सहभागीहरुले व्याक्त गरेका थिए । सरकारी कार्यालयका केहि कर्मचारीहरु समेत हातमा भएको सुटकेसमा  पेन्ट राखेर  कार्यक्रममा सहभागी भएका थिए ।